मकवनपुर : उद्योग वाणिज्य संघको आह्वानमा सबैजसाे पसल खुले

 जेठ २१, २०७७ बुधबार ११:१८:३५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुर उद्योग वाणिज्य संघको आह्वानमा हेटौंडामा सबैजसो पसल आज बिहान खुलेका छन् । 

हेटौंडाको मेनरोड, रापतीरोड, स्कुलरोड, कान्तिराजपथ, पारिजातपथ, टिसीएन रोड, वसपार्क लगायतका क्षेत्रका साना होटल देखि रक्सी पसलसम्म खुलेका हुन् । 

हेटौंडाका व्यवसायीले सरकारले तोकेका पसलभन्दा बाहेकका सबैजसो पसल खोल्दा मकवानपुर प्रशासन निरीह देखिन्थयो । बजार क्षेत्रमा परिचारलन भएका सशस्त्र, जनपथ र ट्राफिक प्रहरी लकडाउनको उल्लङ्घन हुँदा रमितेजस्तै देखिन्थे । 

उनीहरु एकातिर माथिल्लो आदेश अनुसार पसल बन्द गर्न मिल्दैन भन्दै थिए भने ट्राफिक प्रहरी पास विनाका मोटरसाइकल गुड्न पाइँदैन भनेर जाँच गरिरहेका थिए । 

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, केन्द्रीय सदस्य राजकुमार न्यौपानेसहितकाे आह्वानमा बजारका पसलहरु खुलेका हुन्  । 

हेटौंडामा कपडा, भाँडा , मोबाइल, जुत्ता पसल, साना चिया पसलदेखि ठुला डिलरसमेत आजबाट खुलेका छन् । आजबाट सबैजसो पसल खोलिएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बताउनुभयो । उहाँका अनुसार उद्योग वाणिज्य संघको संस्थागत सहमतिका आधारमा पसलहरु खोलिएका हुन् । 

प्रमुख जिल्ला अधिकारी अनभिज्ञ

लकडाउन उल्लङ्घन हुँदा मकवानपुरका प्रमुख जिल्ला असधकारीले अनभिज्ञता देेखाउनुभयाे । उहाँले लकडाउन कार्यान्वयन गर्न गएका प्रहरीले काम गरेनन्? भनेर उल्टै प्रतिप्रश्न गर्नुभयो । 

यता सडकमा खटिएका प्रहरी भने होटल, कपडा पसल, भाडा पसल, जुत्ता पसल बन्द गराउन माथिल्लो आदेश छैन भन्दै थिए । 

सरकारले तोकेकाभन्दा बाहेकका पसल खोल्न नपाइने प्रजिअ नेपालले बताउनुभयो । हरेक दिनजसो जिल्ला प्रशासन कार्यालय मकवापनुरमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा कमाण्ड पोष्टको बैठक बस्ने गरेको छ । बैठकमा तीन वटै सुरक्षा निकायका प्रमुख, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष सम्मिलित हुन्छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया