राजश्व संकलनको लागि बिदाको दिन बैंक खोल्न निर्देशन

 जेठ २१, २०७७ बुधबार १५:३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल राष्ट्र बैंकले कर संकलन गर्ने बैंक तथा वित्तीय संस्था बिदाको दिन पनि खुलै राख्न निर्देशन दिएको छ ।

सरकारले यही जेठ २५ गतेसम्म सबै प्रकारका कर तिर्न सूचना निकालेपछि राष्ट्र बैंकले सूचनामार्फत शनिबर या अन्य बिदाको दिन पनि कर संकलन गर्ने बैंक तथा वित्तीय संस्था खुलै राख्न निर्देशन दिएको हो । 

यस्तै नेपाल क्लियरिङ हाउसलाई पनि चेक क्लियरिङको काम जारी राष्ट्र बैंकले निर्देशन दिएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया