सामसङको जे८ नेपाली बजारमा

 साउन १६, २०७५ बुधबार १९:११:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सामसङले नेपाली बजारमा इन्फिनिटि सिरिजको ग्यालेक्सी जे८ स्मार्टफोन ल्याएकोे छ । 

यसमा ६ इन्चको सुपर अमोलेड इन्फिनिटी डिस्प्ले तथा पछाडिपट्टी १६ र ५ मेगापिक्सेलका दुइवटा क्यामेरा रहेका छन् । 

यसमा भएको आर्टिफिसियल इन्टलिजेन्सको माध्यमबाट अगाडिको फोटो तथा ब्याकग्राउन्ड तस्वीरलाई सहजै छुट्याउन सक्दछ । 

लाइभ फोकस फिचरले गर्दा प्रयोगकर्ताले सफा एवं स्पष्ट फोटो लिन सक्छन् । ब्याकग्राउन्डलाई फोटो खिच्नु अगाडि वा खिचिसकेपछि ब्लर बनाउन सकिन्छ । 

एन्ड्रोइडको ओरियो अपरेटिङ सिस्टम भएको ग्यालेक्सी जे८ को नेपाली मूल्य ३३४९० रुपैयाँ छ । यो फोन नेपाल अधिराज्यभरका रिटेलहरु मार्फत यही महिनादेखि उपलब्ध हुने छ । यो फोन नीलो, कालो तथा सुनौलो कलरमा उपलब्ध छ । 

४५० को स्न्यापड्रागन प्रोसेसर भएको यो फोनमा ३५०० मिलि एम्प आवर क्षमताको ब्याट्री छ । यसमा ४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेजमा उपलब्ध रहेको छ ।
यसमा एनसेल ६००० एम्बीको डाटा बन्डलिङ्ग पनि प्रदान गरिएको छ । 



    

 


 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया