इजरायलमा ७ हजार विद्यार्थी र शिक्षक क्वरेण्टीनमा

 जेठ २१, २०७७ बुधबार १९:५८:४० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इजरायल सरकारका अनुसार काेराेना सङ्क्रमणकाे कारण झण्डै सात हजार विद्यार्थी र शिक्षकलाई क्वरेण्टीनमा राखिएकाे छ भने ४० भन्दा धेरै विद्यालय बन्द गरिएकाे छ । 

यद्यपि सरकारले अरु विद्यालय खुला नै रहने जनाएकाे छ । पछिल्लाे समय जेरुसेलमकाे जिम्नेसिया हाई स्कुल काेराेना भाइरसकाे एक हटस्पट बनेकाे थियाे, जहाँ सबैभन्दा धेरै नयाँ सङ्क्रमण देखिएकाे थियाे । त्यहाँ झण्डै एक सय ३० विद्यार्थी अन्य व्यक्ति सङ्क्रमित भएकाे पाइएकाे थियाे । 

स्थानीय सञ्चारमाध्यममा आएकाे खबरका अनुसार एक शिक्षकबाट सङ्क्रमण फैलिँदा ठूलाे सङ्ख्यामा मानिसहरु सङ्क्रमित भएका हुन् । 

विद्यालय र दाेस्राे संस्थानमा महामारी फैलिँदा इजरायलमा सङ्क्रमणकाे दाेस्राे अवस्था सुरु हुने हाे कि भन्ने चिन्ता थपिएकाे छ । मङ्गलबार त्यहाँ एक सय १६ नयाँ सङ्क्रमित थपिएका थियाे, याे सङ्ख्या पछिल्लाे एक महिनाकै सबैभन्दा धेरै हाे । 

यद्यपि इजरायलमा अहिलेसम्म १७ हजार तीन सय ४२ जना सङ्क्रमित भएका छन् भने दुई सय ९० जनाकाे ज्यान गएकाे छ, याे विश्वका केही देशकाे तुलनामा कम हाे । 

इजरायलमा महामारी सुरु हुँदै लकडाउन लगाइएकाे थियाे । अप्रिलकाे मध्यतिर प्रतिबन्ध खुकुलाे बनाउन सुरु गरिएकाे थियाे । विद्यालय, कार्यालय, पसल, रेस्टुरेन्ट र समुद्री तट खाेलिएकाे थियाे ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया