जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
सोलुखुम्बु – साेलुखुम्बुबाट एक मृतकसहित ५० जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणकाे लागि बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला टेकु पठाइएकाे स्वास्थ्य कार्यालय साेलुखुम्बुले जनाएकाे छ ।
गएकाे जेठ २० गते महाकुलुङ गाउँपालिकामा मृत्यु भएका एक पुरुषसहित ५० जनाको स्वाब सङ्कलन गरी परीक्षणकाे लागि टेकु पठाइएकाे हाे ।
बुधबार जिल्ला अस्पतालले एक मृतकसहित सङ्क्रमितको सम्पर्कमा आएका र क्वरेण्टीनमा रहेका ३० जनाको स्वाब सङ्कलन गरेको थियो भने सोलुदूधकुण्ड नगरपालिकाले सङ्क्रमितको गाउँका २० जनाको स्वाब सङ्कलन गरेको थियो ।
उनीहरु सबैको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौ पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश खकुरेलले जानकारी दिनुभयो ।
गएकाे जेठ २० गते महाकुलुङ गाउँपालिका ५ मा सुतेकै अवस्थामा मृत भेटिएका सिन्धुली फिक्कल गाउँपालिका ६ का २१ वर्षीय युवककाे पनि जिल्ला अस्पतालले स्वाब सङ्कलन गरी परीक्षणकाे लागि पठाइएकाे जिल्ला अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिनुभयो ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।