नेपालको पहिलो विकेट गयो, क्रिजमा पारस र ज्ञानेन्द्र

 साउन १६, २०७५ बुधबार १९:५६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

पहिलो एकदिवसीय खेलमा नेदरल्याण्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालको पहिलो विकेट गएको छ । 

नेदरल्याण्ड्सका फ्रेड क्लासेनले नेपालका ओपनिङ ब्याट्सम्यान अनिलकुमार साहलाई २१ रनमै पेभेलियन फर्काइदिएका हुन् । अनिलले ३२ बलमा ३ चौकासहित २१ रन बनाएका हुन् । 

अहिले क्रिजमा कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्ल रहेका छन् । ताजा अवस्थामा नेपालले १४ अाेभरकाे समाप्तिमा एक विकेटकाे क्षतिमा ६३ रन बनाएकाे छ ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया