काेराेना जितेर घर फर्किनेकाे सङ्ख्या २९० पुग्याे

 जेठ २२, २०७७ बिहिबार १७:३५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाेटा

काठमाण्डाै – नेपालमा काेराेना सङक्रमणबाट मुक्त भएर डिस्चार्ज हुनेकाे सङ्ख्या दुई सय ९० पुगेकाे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १२ जना काेराेना सङ्क्रमणमुक्त भएर घर फर्किएका हुन् । नारायणी अस्पताल वीरगञ्जबाट पाँच जना र कलैया अस्पताबाट सात जना गरी १२ जना सङ्क्रमित निकाे भएर घर फर्किएकाे मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाेटाले जानकारी दिनुभयाे ।  

डिस्चार्ज हुनेहरुमा २८ वर्षदेखि ४९ वर्षसम्मका पुरुष रहेका छन् । उनीहरु १० औँ दिनदेखि १७ औँ दिनकाे अवधिमा डिस्चार्ज भएका हुन् । कुल डिस्चार्ज भएका दुई सय ९० मध्ये दुई सय ३४ जना पुरुष रहेका छन् भने ५६ जना महिला रहेका छन् ।  

यसैबीच अहिलेसम्म कुल ८४ हजार एक सय ३४ पीसीआर परीक्षण र एक लाख २५ हजार पाँच सय ६४ आरडीटी परीक्षण भएकाे मन्त्रालयले जनाएकाे छ । पछिल्लो २४ घण्टामा तीन हजार आठ सय ६७ पीसीआर परीक्षण र पाँच हजार एक सय ८५ आरडीटी परीक्षण गरिएको छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया