राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बैठक र भ्रमण भत्ता नलिने

 जेठ २२, २०७७ बिहिबार १८:१७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजदेखि आउँदो चैत मसान्तसम्मको बैठक र भ्रमण भत्ता नलिने घोषणा गर्नुभएको छ । 

सङ्घीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखामा पत्र पठाएर उहाँले राष्ट्रिय सभाको बैठक भत्ता तथा विभिन्न कामको सिलसिलामा देशभित्र भ्रमण गर्दा प्राप्त हुने भत्ता नलिने जानकारी गराउनुभएको हो । 

उहाँले देश कोरोना सङ्क्रमणको महामारीविरुद्ध लडिरहेकाे बेला सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने सरकारको निर्णयसँगै आफूले बैठक भत्ता र भ्रमण भत्ता नलिने निर्णय गरेको उल्लेख गर्नुभएको छ । 

भत्ता बापतको रकम सरकारको राजस्व खातामा जम्मा गरिदिन पनि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया