दाङमा बिहीबार १५ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ७१ पुग्यो

 जेठ २२, २०७७ बिहिबार १८:५२:१८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा बिहीबार थप १५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा राजपुर गाउँपालिकाका तीन, बङ्गलाचुली गाउँपालिकाका ६, घोराही उपमहानगरपालिकाका पाँच र बबई गाउँपालिकाका एक जना गरी १५ जनामा काेरोना पुष्टि भएको हो ।

योसँगै दाङमा कोरोना सङ्क्रमितको सङ्ख्या ७१ पुगेको छ । बिहीबार सङ्क्रमण पुष्टि भएकाहरु भारतका विभिन्न शहरबाट आएका हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले क्वरेण्टीनमा राखिएकाे प्रतिष्ठानले जनाएको छ ।

राजपुर २ का ३४, वडा नम्बर ३ का २७ वर्षीय र वडा नम्बर ४ का २६  वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। बङ्गलाचुली गाउँपालिका ३ का १७ र २२ वर्षीय युवकमा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै बङ्गलाचुली गाउँपालिका ४ का १६ र २४ वर्षीय युवक, २३ वर्षीया युवतीमा कोरोना पुष्टि भएको छ । 

घोराही उपमहानगरपालिका २ का ९, १८, २१, २२, ३३, ३६ वर्षीय व्यक्तिमा कोरोना पुष्टि भएको छ । यस्तै बबई गाउँपालिका ५ का १९ वर्षीय व्यक्तिमा पनि बिहीबार सङ्क्रमण पुष्टि भएको हाे । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया