नेपालमा मनुसनी गतिविधि निसर्ग चक्रवातको अन्त्यपछि

 जेठ २३, २०७७ शुक्रबार ९:३०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अरब सागरमा बनेको चक्रवात निसर्गको असरले अहिले देशका धेरै ठाउँमा वर्षा भएको छ ।  

प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशसहित प्रदेश ५ का पूर्वी क्षेत्रमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । चक्रवात निसर्ग कमजोर भएर बनेको न्यूनचापीय क्षेत्रको प्रभावले बिहीबार रातिदेखि वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज दिनभरीकै मौसम यस्तै रहने अनुमान छ ।  

आज र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको अर्का मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । भोलि बेलुकादेखि भने मौसम खुल्दै जाने अनुमान छ । यस्तै मौसमविद्ले यो चक्रवातको प्रभाव अन्त्य भएपछि नेपालमा मनसुनी गतिविधि सुरु हुने बताएका छन् ।

मनसुनका लागि प्रक्रिया सुरु भइसकेको तर गतिविधि भने यो चक्रवातको अन्त्यपछि सुरु हुने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । नेपालमा १० जुनमा मनसुन भित्रनुपर्नेमा केही वर्षयता केही ढिलो हुने गरेको छ ।  यसपाला पनि एक-दुई दिन ढिलो हुने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया