फिजीद्वारा काेराेनामुक्त भएकाे घाेषणा

 जेठ २३, २०७७ शुक्रबार १५:५१:३६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – प्रशान्त महासागरमा रहेकाे फिजीले काेराेना भाइरसकाे महामारी अन्त्य भएकाे घाेषणा गरेकाे छ । 

फिजीका प्रधानमन्त्री फ्र्याङ्क बेनिमारामाले ट्वीट गर्दै आफ्नाे देश काेराेनामुक्त भएकाे घाेषणा गरेका हुन् । उनले ट्वीटमा लेखेका छन्, 'फिजीका अन्तिम काेराेना सङ्क्रमित ठिक भएका छन् । हाम्राे यहाँ काेराेना सङ्क्रमणकाे जाँच गर्ने सङ्ख्या दैनिक बढिरहेकाे छ । कुनै पनि नयाँ सङ्क्रमित नदेखिएकाे याे ४५ औँ दिन हाे । फिजीमा महामारीबाट कसैकाे पनि ज्यान गएकाे छैन । हाम्राे सङ्क्रमणपछि निकाे हुने दर शतप्रतिशत रहेकाे छ ।' 

उनले अघि लेखेका छन्, 'सबै आशिर्वाद स्वीकार भएकाे छ । कडा मेहनत र विज्ञानमाथि विश्वास राखेर हामीले याे हासिल गरेका हाैँ ।'

फिजी प्रशान्त महासागरमा अवस्थित द्वीपमध्ये एक थियाे, जहाँ काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे थियाे । फिजीमा मार्च महिनाकाे मध्यतिर पहिलाे सङ्क्रमणकाे मामिला सार्वजनिक भएपछि हाहाकार मच्चिएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया