नेपाल कठिन मोडमा, भेषावकर र गौचनकै भर

 साउन १६, २०७५ बुधबार २१:३४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

एकदिवसीय क्रिकेटमा डेब्यू खेल खेलिरहेको नेपाल नेदरल्याण्डस विरुद्ध कठिन मोडमा पुगेको छ ।

कप्तान पारस खड्का गुमाएपछि आरिफ शेख, बसन्त रेग्मी, सोमपाल कामी खाता खोल्न नपाउदै मैदानबाट बाहिरीएपछि नेपाल हार नजिक पुगेको छ । त्यसमा पनि भरपर्दा खेलाडी शरद भेषवाकरलाई औलाको चोटले सताएपछि नेपाललाई दबाव बढेको हो । 

एक सय ९० रनको लक्ष्य पक्ष्याएको नेपालले सुरुवात भने निकै राम्रो गरेको थियो । एकदिवसिय डेब्यु खेलमा नै अर्धसतक प्रहार गरेका ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि अनिल शाहसँग ५८ रनको साझेदारी गरेका थिए । तर अनिल २१ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्काले पनि ज्ञानेन्द्र मल्लसँग राम्रो साझेदारी गर्न खोजे पनि व्यक्तिगत १२ रनमा आउट हुँदा नेपालले दोस्रो विकेट गुमायो । तर नेपालको ८७ रन हुदा ओपनर तथा  डेब्यु खेलमा ५१ रन बनाएका ज्ञानेन्द्र आउट हुँदा नेपालले ८७  रनमा अर्को विकेट गुमायो । 

तर आरिफ, बसन्त र सोमपाल लगातार रुपमा आउट भएपछि नेपाल एकाएक दबावमा आयो । त्यसमा पनि फिल्डिङका क्रममा औलामा चोट बोकेका शरद आफ्नो पोजिसनमा ब्याटिगमा नआएपछि नेपाललाई झन दबाव भएको थियो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ३३ रन बनाए । त्यसपछि कुनै खेलाडी पनि राम्रोसँग खेल्न सकेनन् ।

अहिले क्रिजमा शक्ति गाैचन र शरद भेषावकर रहेका छन् । ताजा अवस्थामा नेपालले ३८ अाेभरकाे समाप्तिमा १२४ रन बनाएकाे छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया