कोरोना सङ्क्रमणको फैलावट रोक्ने भएकाले मास्क लगाउन डब्ल्यूएचओको सुझाव

 जेठ २४, २०७७ शनिबार ७:५०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले मास्कसँग सम्बन्धित निर्देशिका परिवर्तन गरेको छ ।

केही समयअघिसम्म मास्कले कोरोना भाइरसको उच्च गतिलाई नरोक्ने बताएको डब्ल्यूएचओले अब भने मास्कलाई सुरक्षाका अरु उपकरण जत्तिकै महत्वपूर्ण भनेको छ ।

मास्क लगाउन सुझाव दिँदै डब्ल्यूएचओले सार्वजनिक ठाउँमा मास्क लगाउँदा भाइरस फैलने दर कम हुने जनाएको बीबीसीले जनाएको छ । उसले फेब्रिक मास्क नभइ मेडिकल मास्क लगाउन पनि सुझाव दिएको छ । 

डब्ल्यूएचओका कोरोना सम्बन्धित विशेषज्ञ मारिया भान केरखोभले पछिल्ला हप्ताका अनुसन्धानले मास्कले भाइरस फैलावटलाई रोक्न मद्दत पुग्ने प्रमाण भेटिएकाले सबै देशले यसलाई पालना गर्नुपर्ने बताउनुभयो । मास्क लगाउँदा मात्रै कोरोनाबाट बच्न नसकिने तर फैलावटको दर भने कम हुने डब्ल्यूएचओले बताएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया