रामेछाप : कोरोना पुष्टि भएपछि युवक सम्पर्कविहीन, खोजी कार्य जारी

 जेठ २४, २०७७ शनिबार ९:४२:४ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - गोकुलगंगा गाउँपालिकाको क्वरेन्टीनमा राखिएका कोरोना सङ्क्रमित युवक सम्पर्कविहीन भएपछि खोजी कार्य जारी रहेको छ । 

सङ्क्रमित युवक शुक्रबार दिउँसोदेखि फरार रहेका छन् । 

गाउँपालिकाले निर्माण गरेको क्वरेन्टीनमा बसेका ती युवासँगै ११ जनाको स्वाब परीक्षणको लागि धुलिखेल पठाइएकोमा उनीहरुको रिपोर्ट नआउँदै गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले सबैजनाको रिपोर्ट नेगेटिभ आएको भन्दै बिदाइ गरेर घर पठाएका बुझिएको छ ।

क्वरेन्टीन स्थलबाट घरतर्फ लागेका युवाहरुले वेताली बजारमा घुमफिर गरी सामानहरु समेत किनेर घरतर्फ लगेका पाइएको प्रहरीले जनाएको छ । क्वरेन्टीनबाट युवाहरु घर गएको केही बेरमै स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवारणमा ११ जनाकै रिपोर्ट पोजेटिभ देखिएको थियो । 

स्वास्थ्य मन्त्रालयले रिपोर्ट सार्वजनिक गरेसँगै गाउँपालिका प्रमुखले क्वरेन्टीनमा बसेका सबैजनालाई फेरि क्वरेन्टीनमा फर्कीन टेलिफोन मार्फत अनुरोध गरेर पालिकाकै सवारीसाधनमार्फत फर्काएकाभएपनि एक गोकुलगंगागाउँपालिका वडा नं ४ वेतालीका युवक भने सम्पर्कविहीन भएका हुन् । 

कोरोना पुष्टि भएका ती युवकको खोजिको लागि वेताली प्रहरी चौकीवाट प्रहरी परिचालन गरिएको छ । हिजो अपरान्हदेखि हराइरहेका युवक अहिलेसम्म भेटन नसकिएको जिल्लाप्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । 

सङ्क्रमितमध्ये गोकुलगंगा गाउँपालिकाका १० जना र लिखु तामाकोशी गाउँपालिकाका ६ जनालाई भने जिल्ला अस्पताल रामेछापको आइसोलेसन कक्षमा लगिएको छ । 

कोरोना पुष्टि भएकाहरुले सामान खरिद गरेको वेताली बजार जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ । त्यस क्षेत्रमा अहिले बजार पसलहरु पूर्णरुपमा बन्द गरिएको र यातायातका साधनहरु  सन्चालनमा समेत रोक लगाइएको जिल्ला प्रशासनका र्यालय रामेछापका प्रमुख रुद्रादेवी शर्माले जानकारी दिनुभयो । 

त्यसैगरी लकडाउनलाई खुकुलो बनाउँदै शुक्रबार बिहानदेखि बजार दिउँसो १ बजेसम्म खुल्नेगरी गरेको निर्णय पनि एकै दिनमा उल्टिएको छ ।

जिल्लामा एकै पटक १७ जनामा कोरोना पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयको सुरक्षा समितिको शुक्रबार राति बसेको आकस्मिक वैठकले शनिबार बिहान देखीअतिआवश्यकखाद्यान्न, तरकारी पसल, दुधडेरी, औषधीजन्यपसलहरु शनिवार बिहान ६ बजेदेखि १० बजेसम्म मात्र खुल्ने र नागरिकहरुले अनिवार्य रुपमा सामाजीक दुरी कायम गर्नुपर्ने निर्णय सार्वजनिक गरेको हो । 

अन्तिम अपडेट: चैत १४, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया