कास्कीका कोरोना सङ्क्रमित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा भर्ना

 जेठ २४, २०७७ शनिबार १८:१६:१ | सुमन गुरुङ
unn.prixa.net

कास्की – कास्कीमा शनिबार कोरोना पोजेटिभ देखिएका तीन जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा राखिएको छ । 

पोखरा महानगरको क्वरेण्टीनमा रहेका ५९ वर्षीय पुरुष र रुपा गाउँपालिकाको क्वरेण्टीनमा रहेका नयाँ सङ्क्रमितलाई थप उपचारको लागि प्रतिष्ठानको आइसोलेशनमा ल्याइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डाक्टर अर्जुन आचार्यले जानकारी दिनुभयो । 

उनीहरुलाई आज नै आइसोलेशन वार्डमा भर्ना गरी स्वास्थ्य परीक्षण गर्दा सामान्य रहेको उहाँले बताउनुभयो ।

साथै जेठ १५ गते प्रतिष्ठानको आइसोलेशनमा भर्ना हुनुभएकी स्याङ्जाकी महिलालाई स्याङ्जा नै पठाइएको छ । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनको निर्देशन र स्याङ्जाका प्रमुख जिल्ला अधिकारीको सहमति अनुसार ३९ वर्षीया सङ्क्रमित महिलालाई स्याङ्जाको भिरकोट नगरपालिका, हेलुको कालिका सामुदायिक अस्पतालमा स्थानान्तरण गरिएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया