सुनको मूल्य आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डाै – अरब सागरबाट उत्पन्न भएको निसर्ग चक्रवातकाे प्रभाव नेपालमा समाप्त भएको छ ।
निसर्ग आँधीको कारण गएको बिहिबारदेखि आज अपराह्नसम्म देशका विभिन्न ठाउँमा पानी परेको थियो । आज बिहानदेखि देशैभरि परेको पानी अहिले रोकिएको छ । अहिले देशैभरि बदली भए पनि प्रदेश १ र गण्डकी प्रदेशका केही ठाउँमा मात्रै पानी परेको छ ।
आइतबारदेखि मौसम खुल्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । तर स्थानीय वायुको प्रभावले क्षणिक वर्षा हुने सम्भावना छ ।
यसैबीच अबको सात दिनभित्र नेपालमा मनसुन भित्रिने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । बङ्गालको खाडीबाट सुरु हुने मनसुनयुक्त प्रणाली अहिले भारतको कर्नाटकसम्म आइपुगेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । यो प्रणाली म्यानमारसम्म पनि पुगेको छ ।
मनसुन भित्रिन चाहिने पाँच वटा प्रणालीमध्ये केही विकास भइसकेकाे र केहि विकास हुने क्रममा रहेकाे छ ।