भारतीय दूतावासको विराटनगर कार्यालय बन्द

 साउन १७, २०७५ बिहिबार ५:४७:१९ | उज्यालो सहकर्मी

काठमाडौं - भारतीय दूतावासको विराटनगर क्याम्प कार्यालयबाट प्रदान गरिने सबै सेवा बुधबारदेखि बन्द भएका छन् । 

विराटनगर कार्यालयबाट प्रदान गरिँदै आएका यातायात अनुमति, भारतीय नागरिकका लागि प्रमाणपत्र दर्ता, जन्म÷मृत्यु पञ्जीकरण प्रमाणीकरणलगायत सेवा बन्द गरिएको भारतीय दूतावासले जनाएको छ। 

विराटनगर कार्यालयबाट प्रदान गरिने सबै सेवा अब काठमाडौँस्थित भारतीय दूतावासबाट हुनेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणका बेला यो कार्यालय बन्द गर्ने बारेमा सहमति भएको थियो । 

विसं २०६५ भदौमा कोशी बाँध भत्किएर आएको बाढीपछि भारतीय भूमिबाट गरिने यातायात सहजताका लागि विराटनगरमा कार्यालय स्थापना गरिएको थियो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया