विश्व खाद्य स्वच्छता दिवस : विज्ञ भन्छन्– सन्तुलित आहारले कोभिड–१९ प्रतिरोधी क्षमता बढ्छ

 जेठ २५, २०७७ आइतबार ७:४७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज विश्व खाद्य स्वच्छता दिवस ‘खाद्य पदार्थमा स्वच्छता : हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ मनाइँदैछ ।

दिवसका अवसरमा विज्ञले कोभिड–१९ को सङ्क्रमणको जोखिमबाट बच्न सुरक्षित र गुणस्तरीय भान्साका आवश्यक सरुक्षाका उपाय अपनाउन सुझाव दिएका छन् । खाद्यान्नबाट मानिसमा कोरोना सङ्क्रमण भएको अहिलेसम्म कुनै प्रमाण नभेटिएको भन्दै विज्ञले लकडाउन खुकुलो भएको अवस्थामा उपभोक्ता र बिक्रेताले अझ बढी सजग र सतर्क हुन आवश्यक रहेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर गङ्गा खरेलले खाद्य पदार्थमा स्वच्छता कायम गर्न नसकिएको खण्डमा गरिब र निमुखा नागरिक नै त्यसको मारमा पर्ने बताउनुभयो । खरेलले सबैखाले स्वास्थ्य खाद्यान्न र फलफूलको सन्तुलित आहारले कोभिड– १९ सँग प्रतिरोध गर्ने क्षमता विकास गर्ने जानकारी दिनुभयो ।

दश जनामध्ये एक जनालाई खाद्यान्नकै कारण रोग लाग्ने गरेको विज्ञको भनाइ छ । सरसफाई र खानपानमा ध्यान दिनसके कोरोनालाई जित्न सकिने पनि विज्ञले बताएका छन् । नेपालमा विगत १२ वर्षदेखि खाद्य स्वच्छता दिवस मनाउने गरिएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया