रसुवामा पीसीआर रिपोर्ट नेगेटिभ आए पनि १४ दिन क्वारेन्टीनमा राखिने

 जेठ २५, २०७७ आइतबार ८:५२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवामा पीसीआर रिपाेर्ट नेगेटिभ आए पनि १४ दिन क्वरेन्टीनमा नै बस्नुपर्ने भएको छ ।

शंका लागेकाहरुकाे सुरुमा नै आरटी–पीसीआर गरिने भएकाले उनीहरूलाई रिपाेर्ट नेगेटिभ आए पनि क्वरेन्टीनमै राखिने स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । 

कोरोना सङ्क्रमितमा कोरोनाको लक्षण नदेखिएका कारण रिपाेर्ट नेगेटिभ आएपनि १४ दिन क्वरेन्टीन बस्नै पर्ने जीवजीवे ग्रामीण अस्पतालका हेल्थ असिष्टेन्ट उत्सव पौडेलले बताउनुभयो । 

जिल्लामा हालसम्म ४ सय ८७ जनाको आरडीटी गरिएको छ । हालसम्म जिल्लाबाट २७ जनाको स्वाब संकलन गरेर आरटी–पीसीआरका लागि प्रयोगशाला पठाइएकोमा जसमा २४ जनाको रिपाेर्ट आएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया