कोठामा पसेको बाँदर धपाउन खोज्दा छतबाट लडेर मृत्यु

 साउन १७, २०७५ बिहिबार ९:६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – बुटवलमा बाँदर धपाउने क्रममा लडेर एकजनाको ज्यान गएको छ । बुटवल उप महानगरपालिका – ५ मा रहेको कृषि उपज तथा थोक बजार केन्द्रमा काम गर्ने मजदुरको बाँदर धपाउने क्रममा छतबाट खसेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बाँधर धपाउने क्रममा धनकुटा जिल्ला घर भएका कमल मगरको मृत्यु भएको हो ।

कोठामा बाँदर आएपछि धपाउन लाग्दा मगर छतबाट भूईँमा खसेका थिए । उनको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको हो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया