आज पनि मध्य र पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने, साना नदीमा बाढीको सम्भावना

 साउन १७, २०७५ बिहिबार १०:२७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बिहीबार मध्य र पश्चिमको एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । मनसुन सक्रिय अवस्थामा नै रहेकाले आज पनि केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै अहिले देशभरीकै मौसम बदली भएको छ । दिउँसो देशभरी कै मौसम बदली भइ धेरै ठाउँमा पानी पर्ने संभावना छ । अबको तीन दिन ठूला नदीमा ठूलो बाढीको जोखिम छैन । तर कोशीसँगै बागमती, कमला, पश्चिम राप्तीको तटीय क्षेत्रमा बेलुकापछि पानीको सतह बढ्ने भएकाले सतर्कता आसपास पुग्ने बाढी पूर्वानुमान शाखाको अनुमान छ ।

विशेषगरी बागमती नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ । यस्तै भोलि ओखलढुंगा, दोलखा, सुन्धुली, दाङ र डोटीका नदीमा बाढीको संभावना रहेको भन्दै शाखाले सावधानी अपनाउन आग्रह गरेको छ । 


 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया