हिजो ओरालो लागेको विदेशी मुद्राको मूल्य बिहीबार पनि कमजोर

 साउन १७, २०७५ बिहिबार १०:४८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १२ पैसा र बिक्रिदर २९ रुपैयाँ २८ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रिदर ३० रुपैयाँ १६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रिदर २९ रुपैयाँ ८९ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८६ पैसा र बिक्रिदर २७ रुपैयाँ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रिदर ९ रुपैयाँ ८२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६० रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर ३ सय ६२ रुपैयाँ ६६ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८८ रुपैयाँ ९५ पैसा र बिक्रिदर २ सय ९० रुपैयाँ ५४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया