नगरपालिकाले उपभोक्ताबाट डिजेल र पेट्रोलमा अतिरिक्त ५० पैसा कर लिने

 साउन १७, २०७५ बिहिबार ११:४२:५३ | सुजता सुनुवार

इलाम – नगरपालिकाले उपभोक्ताबाट डिजेल र पेट्रोलमा अतिरिक्त ५० पैसा कर लिने भएको छ । जिल्लाको इलाम नगरपालिकाले प्रदूषण नियन्त्रण शुल्क भन्दै डिजेल र पेट्रोल खरिद गर्दा उपभोक्ताबाट अतिरिक्त ५० पैसा कर लिने भएको हो । 

 नेपाल आयल निगमलाई पत्र लेखेर नगरपालिकाले सहयोग गरिदिन भनेर अनुरोध समेत गरेको छ । 

नगरपालिकाको आर्थिक व्यवस्थापन ऐन, २०७५ मा प्रतिलिटर एक रुपैयाँ इन्धनमा कर लिने व्यवस्था गरिएको भए पनि अहिलेलाई ५० पैसा मात्र उठाउने निर्णय गरिएको पत्रमा जनाइएको छ ।

गएको असार ३१ गते नगर प्रमुखको सचिवालयमा भएको छलफलबाट ५० पैसा प्रदुषण नियन्त्रण शुल्क लिने निर्णय भएको नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाको यस निर्णयप्रति नगरवासीले भने विरोध गरेका छन् । विरोध गर्दै नगरपालिकालाई कर मात्र बढाउने नभइ स्थानीयलाई सुविधा पनि दिन माग गर्दै आएका छन् ।

प्रदुषण नियन्त्रण शुल्क नगरपालिकाले लिँदा नगरबासी असन्तुष्ट हुनु पर्ने जरुरी नरहेको नगरपालिका प्रमुख महेश बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो ‘यो कर नगर विकास कै लागि हो ।’ 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया