समसामयिक विषयमा सांसदहरुद्वारा सरकारको गम्भीर ध्यानाकर्षण

 साउन १७, २०७५ बिहिबार १३:५९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा सांसदहरुले प्रदेश तथा स्थानीय सरकारले पहिलेको भन्दा १० गुणा कर बढाएकाले सर्वसाधरणले करको ठंलो सास्ती व्यहोर्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसदहरुले स्थानीय तथा प्रदेश सरकारले लगाएको करका कारण सर्वसाधरण मर्कामा परेको, महिलामाथिको हिंसा बढ्दै गएको तथा सडक सुधारका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद बिमला बिकले भारतसँग सीमा जोडिएको बर्दिया जिल्लाका १०० वटा सीमास्तम्भ हराएको भन्दै भारतसँगको सीमाको १० गजा क्षेत्र समेत नदेखिने अवस्था आएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद महेन्द्र कुमारी लिम्बुले करको बोझ बढाउने काम गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद महेश बस्नेतले निरुदेवी पाल माथि पेस्तोल देखाएर संसदीय सुनुवाई समितिको बैठकमा सहभागी भयो भने तिम्रो ज्यान वेपत्ता गर्दिन्छु भनिएको भन्दै शान्ति सुरक्षाको प्रत्याभूतितर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मिना सुब्बाले कन्चनपुर र काभ्रेमा भएको बालिका बलात्कारमा संलग्नलाई नियन्त्रणमा लिई मृत्युदण्डसम्मको सँजाय दिनुपर्ने माग गर्नुभयो ।

सांसद यज्ञवहादुर बोगटीले अछाम जिल्ला अस्पतालमा दुई डाक्टरको दरबन्दी भएपनि डाक्टरहरु लामो समय देखि नभएको भन्दै तुरुन्तै डाक्टर पठाउन सरकारको ध्यानानाकर्षण गराउनुभयो ।

उहाँले जिल्लाका १६ वटा वडामा स्वास्थ्य चौकि स्थापना गर्न पनि माग गर्नुभयो ।

सांसद रंगमती शाहीले हुम्ला जिल्लाको हिल्सामा भंन्सार कार्यालय व्यवस्थित हुन नसकेको तथा प्रमुख जिल्ला अधिकारीको निर्देशनमा सेतो कागजमा हस्ताक्षर गरेर कर असुल्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद राजेन्द्र कुमार केसीले शून्य समय र विशेष समयमा उठेका प्रश्नको सम्बन्धीत मन्त्रीले ५ दिनभित्र जवाफ दिनुपर्ने भन्ने व्यवस्था नियमावलीमा रहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद राम बहादुर विष्टले २४ अरब खर्च गरेर सरकार आफै धरौटी बसेर दुईवटा विमान खरिद गर्दा मोटो कमिसनको चलखेल भएको भन्दै सरकारसँग जवाफ माग गर्नुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया