नेकपालाई कमजोर बनाउन देशी–विदेशी पूँजीवादीको षड्यन्त्र : प्रचण्ड

 साउन १७, २०७५ बिहिबार १७:५४:११ | उज्यालो सहकर्मी

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई सुदृढ हुन नदिन देशीविदेशी पूँजीवादीहरुले षड्यन्त्र गरिरहेको दावी गर्नु भएको छ । 

अध्यक्ष दाहालले पार्टीविरुद्ध भैरहेको षड्यन्त्रलाई परास्त गर्न एकजुट हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । तुलसीलाल स्मृति प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुक नयाँ संरचनामा गएकाले केही गल्ती हुने भन्दै त्यसलाई सच्याएर अघि बढन सरकारलाई पनि सुझाव दिनुभयो ।

अध्यक्ष दाहालले आफ्नो पार्टीले बलियो सरकार बनाएर विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ सन्देश दिएको दावी पनि गर्नुभयो ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

1 Comments

  • गीताखरेल

    Aug. 2, 2018, 6:21 p.m.

    श्रीमान् प्रचन्ड नेकपा पतिले "सधैकालागी सबैलाई दृष्टि " भनेझै देशी-विदेशी पूँजीवादीको षडयन्त्रको संखनाद !वारंवार वाहाको जनक्रान्तिकालदेखिको जपदै आउनु भयको मंन्त्र हो !यस्तो शक्तिशाली पार्टी दुई दुद मु ख एउटै पेटभयको महापुरूष लाई केको डर एउटामु खले आफ्नैपार्टीका संबृद्ध नेताहरू "देशी"पूजीवादीको दोष लगाउने अर्को मुखले विदेशी पूजीवादी "भन्ने मुखहरूले आफ्नै पार्टीभित्र् षडयन्त्र गरेर मुखनमिलेकाहरूलाईनै तर्साउन खोजेको हो कि क्याहो !

  •  0 Reply

तपाईको प्रतिक्रिया