अाकाशमै लाग्याे अागाे, वि‍मान बजारियाे तर १०३ जना यात्रुलार्इ केही भएन !

 साउन १७, २०७५ बिहिबार १८:५३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

‘मानिसहरु चिच्याइरहेका थिए । उनीहरुलाई आफ्नो ज्यानको डर थियो तर सबै सकुशल बाँचे । यो कुनै चमत्कारभन्दा कम थिएन । मृत्युले हामीलाई स्पर्श गरेर गयो,’ ज्याकलिन फोर्सले सम्झिइन् ।

उनी चढेको विमान गएको मंगलबार दुर्घटनामा परेको थियो । विमानमा उनीसँगै अन्य १०२ जना थिए ।

उनीहरु विमानमा मेक्सिको सिटीतर्फ गइरहेका थिए । उडेको पाँच मिनेटपछि नै विमान दुर्घटनामा परयो, यात्रुहरु मरेनन् बरु हाइवे नजीक सहयोग मागिरहेका देखिन्थे ।

ज्याकलिन घटना सम्झिंदै बताउँछिन्, ‘विमान चर्किसकेको थियो र आगो छिटो छिटो फैलिरहेको थियो, मानिसहरु चिन्तित थिए, अचानक हाम्रो विमान नराम्रोसँग हल्लिन थाल्यो । विमानको नियन्त्रण बिग्रियो र हामी भुईंमा बजारियौं ।’

दुरंगोका गभर्नर जोस रोसासका अनुसार विमान अचानक आधीबेहरीमा परेर उडिरहेको दिशाबाट अर्कैतिर गएको थियो ।

भुईंमा बजारिएपछि विमान करीब ३०० मीटरसम्म घिस्रिएको थियो ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

2 Comments

  • megh bdr maskey

    Aug. 3, 2018, 9:04 a.m.

    God is every where . Thanks god

  •  0 Reply
  • प्रदीप आचार्य

    Aug. 2, 2018, 7:24 p.m.

    अपुरो समाचार

  •  0 Reply

तपाईको प्रतिक्रिया