पार्टी एकताबारे छलफल गर्न एमाले र माओवादीको आन्तरिक बैठक

 बैशाख १९, २०७५ बुधबार १०:५७:७ | गोपाल गुरागाईं
unn.prixa.net

काठमाडौं, वैशाख १९ – नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापाबाट फर्किएपछि स्थायी कमिटी बैठक बस्ने एमालेले जनाएको छ । बैठक बेलुकी साढे ६ बजे बस्ने छ ।   बैठकमा  पार्टी एकतालगायत समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् । 

यस्तै एमालेसँगको पार्टी एकताको विषयमा माओवादी केन्द्रले पनि छलफल गर्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय सचिवालयको बैठकमा छलफल हुन लागेको हो । बैठकमा कसरी पार्टी एकतामा जाने भन्ने विषयमा मुख्य छलफल हुने प्रवक्ता पम्फा भुषालले जानकारी दिनभयो । 

माओवादीले बराबरी हैसियत खोजेपछि एमालेसँगको पार्टी एकता प्रक्रिया लम्बिदै गएको छ । एकताका लागि दुई पार्टीका अध्यक्षलाई जिम्मा दिइए पनि छलफल नै हुन सकेको छैन । 

अन्तिम अपडेट: चैत १४, २०८०

गोपाल गुरागाईं

गोपाल गुरागाईं  चार दशकदेखि छापा र रेडियो पत्रकारितामा हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया