नागरिकतामा नाम मात्रै, थर नहुँदा सास्ती

 साउन १७, २०७५ बिहिबार १९:५४:१० | धनवीर महतो

महोत्तरी – २०६३ सालमा नागरिकता लिएकी २९ वर्षीया राधाकुमारी साहले आफ्नो नामको अगाडि राधादेवी मात्र लेख्न पाउनुभयो ।

तत्कालीन निगौल गाविसमा जन्मिएकी उहाँकोे जन्मदर्ता र सर्टिफिकेटमा राधाकुमारी साह भए पनि नागरिकतामा चाहिँ उहाँले नामको अगाडि थर लेखाउन सक्नुभएन । उहाँ भन्नुहुन्छ, ‘तत्कालीन नेपालको प्रशासनिक कानुन र कर्मचारीतन्त्रको कारण ईलाका प्रशासन कार्यालयले नागरिकतामा जे लेखेर दियो, त्यही लिएर घर फर्कनुपर्यो ।’ नागरिकता लिनकै लागि एकहप्ता भौंतारिनुपरेको र बल्लबल्ल पाएको नागरिकतामा थर छ कि छैन भनेर आफूले त्यतिबेला वास्ता गर्न नभ्याएको उहाँको भनाई छ ।

नागरिकतामा थर नहुँदा प्रशासनिक काममा अप्ठ्यारो पर्ने गरेको उहाँले बताउनुभयो । राधाकुमारी अहिले स्थानीय विद्यालयमा शिक्षिका हुनुहुन्छ । त्यस्तै गौशाला ५ की ३२ वर्षीया सुनिता कुमारी सिंहको नागरिकतामा  श्रीमानको थर छैन ।

जन्मदर्तामा सुनिता कुमारी भएकोले सर्टिफेकटमा पनि सुनिता कुमारी उल्लेख भएको थियो । ईलाका प्रशासन कार्यालय गौशालाबाट नागरिकता लिंदा उहाँले पनि सर्टिफिकेटमा भएको नाम थर नागरिकतामा लेखाउन सक्नुभएन । प्रशासन कार्यालयबाट खटिएका प्राविधिकका कारण नामको अगाडि श्रीमानको थर नभई सुनितादेवी लेखिएको छ ।

राधा र सुनिताजस्तै यहाँका धेरै महिलाहरुको नागरिकतामा नामको अगाडि थर लेखिएको छैन । स्थानीय प्रशासन कार्यालयबाट प्राप्त गरेको नागरिकतामा नामको अगाडि कुमारी, देवी मात्र लेखिएको हुन्छ । यसले प्रशासनिक काममा झण्झट हुने गरेको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकका महोत्तरी प्रतिनिधी अजयकुमार साहले शिक्षा र चेतनाको कमी तथा पितृसतात्मक सोचका कारण नागरिकतामा यस्ता त्रुटि देखिएको बताउनुभयो । पहिले नागरिकता लिने महिलाहरुले यस्तो समस्या भोगे पनि अहिले भने सुधार हुँदै गएको उहाँको भनाई छ ।

पहिले महिलाहरुले श्रीमानको नाम सहजै नभन्ने भएकाले पनि नागरिकतामा श्रीमानको नाम छुट्न गएको हुन सक्ने उहाँले बताउनुभयो । श्रीमानको नामसँगै थर पनि नहुँदा जातीय पहिचानमा समस्या भएको उहाँको भनाई छ ।

तराई मधेश मानवअधिकार रक्षक संजाल (थर्ड एलान्स)का धनुषा प्रतिनिधि किरणकुमार कर्णका अनुसार विगतको समयमा चेतनाको अभाव एवं प्रशासनमा कार्यरत कर्मचारीको गल्तीले धेरै महिलाको नागरिकतामा त्रुटि रहेको पाईन्छ । तर पछिल्ला समयमा यस्ता त्रुटिहरुमा सुधार आएको कर्णले बताउनुभयो । ‘नागरिकतामा थर उल्लेख नहुँदा जातीय पहिचान छुट्याउन मुश्किल हुने गरेको छ’ उहाँले भन्नुभयो ।

पहिले जे भए पनि अब नागरिकतामा यस्ता त्रुटि हुन नदिन कर्मचारी र प्राविधिकलाई सजग गराइएको ईलाका प्रशासन कार्यालय गौशालाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

5 Comments

  • Nishan abiral aasu

    Aug. 3, 2018, 12:29 p.m.

    The last time

  •  0 Reply
  • Sudip Dhungana

    Aug. 3, 2018, 11:01 a.m.

    यो विसयमा भन्नुपर्दा पहिलो कुरो नागरिकता लिने ब्यक्तिले पनि ध्यान दिनुपर्ने हो र त्यसबेलाका कर्मचारीले पनि लापरबाही गरेकै हो । नागरिकता जस्तो महत्त्वपूर्ण चिज जुन मान्छेको जिन्दगीमा अभिन्न अङ्गजस्तै हो। त्यसमा पनि थर मान्छेको नागरिकतामा हुन्छ र हुनैपर्छ भन्ने कुरो त्यसबेलाको कर्मचारीलाई थाहा थिएन र ? यो जानाजानी दुख दिएर पैसा माग्नलाइ कर्मचारीले त्यसो गरेको हो ।

  •  0 Reply
  • Sanu kanchha shrestha

    Aug. 3, 2018, 10:55 a.m.

    याहा एकै बेक्तीले दुईता नागरिकता बानाई बसेकाछन ज.प्र.गोरखा र जि.प.काठमांडौँ बाट उनि महिला प्रहरीनै हुन दुइतै नागरिकता चलाइ बसेका छन . एउता जागिर खान र अर्को जग्गा सम्बधी कारोबार गर्छन .. सबै प्रकारको प्रमान सहित जिल्ला प्रशासन काठमानडौँ मा निबेदन हाल्दा पनि कारबाही भयको छैन..

  •  0 Reply
  • jay

    Aug. 3, 2018, 10 a.m.

    यो कहानी तराइमा धेरै छ , २०४५ सालमा टोली खटाएको बेलादेखि छ /

  •  0 Reply
  • Paritosh Yadav

    Aug. 3, 2018, 9:32 a.m.

    हाम्रो देश व्यक्तिको पहिचान भन्दा जातिको पहिचानमा चल्ने गर्छ /जहाँ तही जातिय भेदभाव, जातिको कोटा , दलितको कोटा , जातिवादको नारा ! यी सबै बेकार र वाहियात कुरालाई हटाउन एक समान जाति हुन नामको पछाडी नेपाली मात्र उल्लेख हुँदा अति राम्रो हुन्थ्यो होला / न कोही जातले न कोही अनुहारले, चिन्नुछ भने मात्र नामले र नागरिकताको नम्वरले /हामी सबै नेपाली न जात , न पात खालि नेपाली /

  •  0 Reply

तपाईको प्रतिक्रिया