पहिलो खेलको खराब नतिजा बिर्सिएर जित हात पर्ने लक्ष्यमा नेपाल

 साउन १८, २०७५ शुक्रबार ६:४४:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – एकदिवसीय मान्यता पाएपछि शुक्रबार नेपालले दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्दैछ । पहिलो खेलमा हात पारेको खराब नतिजा बिर्सिएर नेपाल पहिलो जित हात पर्ने लक्ष्यमा छ ।

पहिलो खेलमा उत्रिएका खेलाडीको स्थानमा केही परिवर्तन समेत हुनेछ । पहिलो खेलमा नेदरल्याण्डससँग ५५ रनले पराजित भएको नेपाल दोस्रो अभ्यास खेलमा जितका लागि मैदानमा उत्रनेछ ।

पहिलो खेलमा बलिङमा राम्रो खेले पनि ब्याटिङमा राम्रो प्रदर्शन गरेको नेपाली टिमले दोस्रो खेलमा त्यसलाई सुधार्ने पक्षमा छ । नेदरल्याण्डका कप्तानले पनि नेपाली टिम राम्रो भएपनि पहिलो खेलमा भाग्यले जितेको धारणा व्यक्त गरेका थिए ।

नेपालका लिग कप्तान पारस खड्काको प्रदर्शनमा भर परेकाले पनि नेपाली टिम हार्न पुगेको हो । भरपर्दा खेलाडी शरद भेषावकरको औंलामा चोट लागेपछि ब्याटिङ्मा क्रिजमा आउनकै लागि भए पनि मैदान प्रवेश गरेका थिए ।

औंलाको इन्ज्युरीका कारण शरदले आजको खेल गुमाउनेछन् ।

आजको खेलमा बलर शक्ति गौचन पनि टिममा हुने छैनन । संभवत भोली रोहितकुमार पौडेल र सुवास खकुरेल खेल्ने सम्भावना छ । नेपालले जित हात पारेमा दुई खेलको श्रृखंला बराबरी गर्ने राम्रो मौका हुनेछ ।

पहिलो खेलमा टिममा भएका कमिकमजोरीलाई हटाउदै जित्नेपर्ने दबावमा नेपाल छ । पहिलो अन्तराष्टिय शृंखलामा जित निकालेर आईसीसीको बरियताको औपचारिक ढोका खेल्ने बाटो नेपाललाई पनि हुनेछ ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया