प्रदेशसभामा सभामुख र उपसभामुख विवाद : लिखित जवाफ पेश गर्न अदालतको आदेश

 साउन १८, २०७५ शुक्रबार ८:३२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – प्रदेश नम्बर पाँचमा सभामुख र उपसभामुख एउटै दलको भएको भन्दै परेको रिटमा अदालतले विपक्षीका नाममा लिखित जवाफ पेश गर्न आदेश दिएको छ । 

उपसभामुख पदमा कृष्णी थारुसँग प्रतिस्पर्धा गरेकी नेपाली कांग्रेसकी रिना नेपाल विकले प्रदेशसभामा सभामुख र उपसभामुख एउटै दलको हुनु संविधान विपरित भएको भन्दै उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा रिट दर्ता गराउनु भएको थियो ।

रिट निवेदन उपर सुनुवाई गर्दै अदालतले १५ दिन भित्र लिखित जवाफ पेश गर्न प्रदेश सभा सचिवालयको नाममा आदेश दिएको हो । प्रदेश सभामा सभामुख तत्कालीन माओवादी केन्द्रका पूर्णबहादुर घर्ति र उपसभामुखमा तत्कालीन एमालेकी कृष्ष्णी थारु हुनुहुन्छ । नेपालको संविधान २०७२ ले सभामुख र उपसभामुख फरक–फरक दल र लिङगको हुनुपर्ने व्यवस्था गरेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया