प्रधानन्याधीश जोशीको नाम अनुमोदनको निर्णय अझै हुन सकेन, आज पनि बैठक

 साउन १८, २०७५ शुक्रबार ९:३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रस्तावित प्रधानन्यायाधीस दीपकराज जोशीको नाम अनुमोदन गर्ने नगर्नेबारे निर्णय गर्न संसदीय सुनुवाई विशेष समितिको बैठक आजका लागि बोलाइएको छ ।

समितिले जोशीको सुनवाई भएको ९ दिन भए पनि अहिलेसम्म निर्णय गर्न सकेको छैन । खासगरी उहाँको कार्यसम्पादन चित्तबुझ्दो नभएको, नक्कली शैक्षिक योग्यताको विवादमा मुछिएकोलगायत कारणले नेकपाका सांसदहरुले जोशीको नाम अनुमोदन नगर्ने तयारी गरेका छन् । 

तर कांग्रेसले भने न्यायालयसम्बन्धी विषयमा हचुवाका भरमा निर्णय गर्न नहुने भन्दै जोशीको नाम पारित गर्नुपर्ने वा छानविन समिति बनाउनुपर्ने माग राखेको छ । यहि असहमतिका कारण पटकपटक बसेको बैठकले जोशीको नामबारे निर्णय गर्न सकेको छैन ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया