​राष्ट्रपति र प्रधामन्त्रीको फोटो जोडी अश्लील स्टाटस राख्ने ‘जुँगे’ पक्राउ

 जेठ १४, २०७५ सोमबार १९:४५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी, जेठ १४ – जिल्ला प्रहरी कार्यालय नवलपुरले राष्ट्रपति र प्रधानमन्त्रीको फोटोलाई दुरुपयोग गरी अश्लील स्टाटस अपलोड गरेको भन्दै एक जनालाई पक्राउ गरेको छ ।

नवलपरासी कावसोती नगरपालिका –१, का  २९ वर्षीय सुरज भुुषाल (जुँगे )भन्ने तोयाराज भुषाललाई कावासोतीबाट प्रकाउ गरेको हो ।

राष्ट्रपति र प्रधामन्त्रीको फोटोलाई बिगारेर अश्लील स्टाटस अपलोड गरेको भन्दै उनलाई पक्राउ गरिएको  प्रहरीले जनाएको छ । साइबर अपराध सम्बन्धमा थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो  महाराजगंज  काठमाडौं पठाइएको प्रहरीले जनाएको छ  ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया