आर्मीले बनायाे खेलाडीको अभिलेख राख्न ‘हल अफ फेम’

 साउन १८, २०७५ शुक्रबार ११:३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – नेपाली सेनाको सैनिक शारिरीक तालिम तथा खेलकुद केन्द्रको पहलमा सेनाका खेलाडीहरुको अभिलेख राख्न ‘हल अफ फेम' बनाइएको छ । त्यसको प्रधानसेनापति राजेन्द्र क्षत्रीले बिहीबार लगनखेलस्थित केन्द्रमा नवनिर्मित ‘हल अफ फेम’ को उद्घाटन गरेका हुन् ।

नेपाली सेनाले विगतदेखि वर्तमानसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा हासिल गरेका सफलताहरुलाई अभिलेखिकृत गर्ने उद्देश्यका साथ उक्त हल अफ फेमको निर्माण गरिएको हो । उक्त हलमा विभिन्न राष्ट्रिय तथा सैनिक खेलकुद प्रतियोगिताहरुको साथै ओलम्पिक, एसियन गेम्स, दक्षिण एसियाली खेलकुद प्रतियोगिताहरुमा सैनिक खेलाडीहरुले हासिल गरेका उपाधिहरुको अभिलेख, तस्विरहरु तथा सहभागिता सम्बन्धी जानकारीहरु समावेश गरिएको छ ।

हल अफ फेमको निर्माणले खेलाडीहरुले विगतमा पु¥याएको योगदानको सम्मानका साथै हाल विभिन्न खेलमा आवद्ध भएर योगदान पुर्‍याइरहेका र भविष्यमा खेलकुद क्षेत्रमा जोडिने समस्त खेलाडीहरुलाई समेत प्रेरणा प्रदान गर्ने नेपाली सेनाको अपेक्षा रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयकले जनाएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया