होल्ड भएका जहाजलाई अवतरण गराएपछि विमानस्थल बन्द गर्ने तयारी

 साउन १८, २०७५ शुक्रबार ११:३२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – त्रिभुवन विमास्थलको धावनमार्गमा चिरा परेपछि शुक्रबार बिहान केहीबेर हवाई उडान र अवतरण रोकिएको छ । एक्कासी धावनमार्ग चिरा परेको देखिएपछि उडान र अवतरण रोकिएको हो ।

विभिन्न देशबाट आएका जहाज आकाशमै होल्ड भएपछि ती सबैलाई अवतरण गराउन अहिले विमानस्थल खुला गरिएको छ । विमानस्थल कार्यालयका प्रवक्ता प्रेमचन्द्र ठाकुरका अनुसार होल्डमा रहेका जहाज अवतरण भैसकेपछि फेरि उडान र अवतरण बन्द गरेर धावनमार्गको मर्मत गरिनेछ ।

मर्मतको काम छिटै सकेर उडान र अवतरण नियमित गर्ने प्रयास भैरहेको पनि उहाँले उज्यालोलाई जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया