धावनमार्गमा अस्थायी मर्मतपछि त्रिभुवन विमानस्थलमा उडान र अवतरण सुरु

 साउन १८, २०७५ शुक्रबार १३:८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – त्रिभुवन विमानस्थलको धावनमार्ग अस्थायी रुपमा मर्मत गरेपछि उडान र अवतरण नियमित भएको छ ।

चिरा परेको ठाउँमा अस्थायी रुपमा मर्मत गरिएको विमानस्थल कार्यालयले जनाएको छ । शुक्रबार बिहान उडान र अवतरण भैरहेको बेला धावनमार्गमा चिरा परेको देखिएलगत्तै दुईपटक उडान र अवतरण बन्द गरिएको थियो ।

त्रिभुवन विमानस्थलको धावनमार्ग पटकपटक बिग्रने गर्दा उडान र अवतरण प्रभावित हुँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया