सुनुवाइ समितिको बैठक १५ मिनेट स्थगित

 साउन १८, २०७५ शुक्रबार १३:४४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संसदीय सुनुवाइ समितिको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रस्तावित प्रधानन्यायाधीस दिपकराज जोशीको नाम अनुमोदन गर्ने कि नगर्ने भन्नेमा समिति सदस्यहरुको धारणा मिल्न नसकेपछि यो विषय टुंग्याउन बैठक १५ मिनेटका लागि स्थगित गरिएको समितिका सदस्यहरुले बताएका छन् ।

बैठक सिंहदरबारमा शुरु भएको थियो । १५ मिनेटपछि बस्ने बैठकले यसबारे निर्णय गर्ने समितिका सदस्यहरुको भनाइ छ । नेकपा र संघीय समाजवादी फोरमका सांसदहरुले जोशीको नाम अनुमोदन गर्नु नहुने बताएका छन् भने कांग्र्रेसका सांसद भने जोशीको नाम अनुमोद गर्नुपर्ने पक्षमा देखिएका छन् । 

जोशीको कार्य सम्पादन चित्तबुझ्दो नभएको, नक्कली शैक्षिक योग्यताको विवादमा मुछिएको लगायत कारणले जोशीको नाम अनुमोदन गर्न नुहुने बताएका छन् । काग्रेसका सांसदहरुले बहुमत र दुईतिहाइका भरमा निर्णय गरिए बैठक बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

१५ सदस्यीय सुनुवाई समितिका दुई तिहाइ अर्थात १० जना सांसदले जोशीको नाम अनुमोदन गर्न वा नगर्न सक्छन् । समितिमा नेकपाका ९ तथा सत्तारुढ संघीय समाजवादी फोरमका १ गरि १० जना सांसद छन् भने कांग्रेका ४ र राजपाका १ सांसद छन् । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया