२५ हजार घुससहित मालपोत प्रमुख पक्राउ

 साउन १८, २०७५ शुक्रबार १५:२४:४ | प्रकाश धौलाकोटी

तेह्रथुम –आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख शंकरप्रसाद दाहाल २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । 

उनलाई अख्तियारको टोलीले शुक्रबार दिउँसो साढे १ बजे सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट आएको प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डे नेतृत्वको टोलीले दाहाललाई उनकै कार्यकक्षबाट घुससहित नियन्त्रणमा लिएको हो । 

अख्तियारको टोलीले दाहाललाई नियन्त्रणमा लिएर इटहरी फर्किएको इलाका प्रहरी कार्यालय सक्रान्तिबजारका सई देवराज काफ्लेले बताउनुभयो । 

मालपोत कार्यालयको निमित्त प्रमुखको कार्यरत दाहाल नायव सुब्बा हुन् । उनलाई जग्गा रजिष्ट्रेसनमा सेवाग्राहीबाट घुस लिँदै गर्दा रंङ्गेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया