कायम मुकायम प्रधानन्यायाधीशमा जोशी नै

 साउन १८, २०७५ शुक्रबार १५:३४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - संसदीय सुनुवाई समितिले अस्वीकृत गरे पनि दीपकराज जोशी कायम मुकायम प्रधानन्यायाधीशमा यथावत रहनु हुने भएको छ । राजीनामा गरेको अवस्था बाहेक अर्को प्रधानन्यायाधीश नियुक्त नहुँदासम्म जोशी यथावत हुने संवैधानिक व्यवस्था छ ।

संविधानको धारा १२९ को उपधारा ६ मा ‘प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले कामू प्रधानन्यायाधीश भई काम गर्नेछ’ भन्ने व्यवस्था छ ।

सर्वोच्च अदालतका न्यायाधीशमध्ये वरिष्ठता क्रममा जोशी पहिलो स्थानमा रहेकाले अर्को प्रधानन्यायाधीश नियुक्त नभएसम्म उहाँ कामू प्रधानन्यायाधीशमा यथावत रहनु हुनेछ ।

तर प्रधानन्यायाधीश पदमा अस्वीकृत भइसकेको अवस्थामा पदमा रहिरहँदा उहाँमाथि नैतिक प्रश्न चाहिँ उठ्नेछ ।

यो पनि पढ्नुहोस् : अब प्रधानन्यायाधीश को ?

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया