दोस्रो एकदिवसीय क्रिकेट: नेपालकाे ५० रन पूरा

 साउन १८, २०७५ शुक्रबार १५:५५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालले दोस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा ५० रन पूरा गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ११.५ ओभरमा ५० रन पूरा गरेको हो । अहिलेसम्म नेपालले ३ विकेट गुमाइसकेको छ ।

४९ रन भएका बेला दीपेन्द्रसिंह ऐरीले ३ रन प्रहार गरेपछि ५२ रन पुगेको थियो । नेपालका सुवास खकुरेल १९ ज्ञानेन्द्र मल्ल १२ तथा अनिल साह आउट भइसकेका छन् ।

अहिले पारस खड्का र दीपेन्द्रसिंह ऐरी क्रिजमा रहेका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया