८८ रनमा नेपालका पाँच ब्याट्सम्यान पेभेलियन, पाँचाैं विकेटका रुपमा राेहित अाउट

 साउन १८, २०७५ शुक्रबार १६:३०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

दाेस्राे एक दिवसीय खेलमा नेपालका पाँच ब्याट्सम्यानहरु पेभेलियन फर्किएका छन् ।

नेपालले पाँचाैै विकेटका रुपमा राेहित पाैडेललार्इ गुमाएकाे छ । उनले १५ बलकाे सामना गर्दै ६ रन मात्र बनाएका थिए । यसअघि चाैथाे विकेटका रुपमा दिपेन्द्र सिंह एेरी १७ बलमा १९ रन बनाएर रन अाउट भएका थिए । यस क्रममा उनले ३ चाैका प्रहार गरेका थिए ।

नेपालका अाेपनर  ज्ञानेन्द्र मल्ल १३ रन र अनिल साह ४ रन बनाएर अाउट भएका थिए । त्यस्तै पहिलाे र दाेस्राे विकेट लिएका क्लासनले १२अाैं अाेभरकाे पहिलाे बलमा अाेपनर सुवास खकुरेललार्इ १९ रनमा अाउट गरेका हुन । ३३ बल सामना गरेका खकुरेलले ३ चाैका प्रहार गरेका थिए ।

टस जितेर पहिला व्याटिङमा आएको नेपालले ७.३ ओभरमा २९ रन बनाउँदा ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । २४ बल खेलेका मल्लले १२ रन बनाए । उनले २ चौका प्रहार गरे ।

नेदरल्याण्ड्सका फ्रेड क्लासेनले अाठाैं अाेभरकाे तेस्राे बलमा ज्ञानेन्द्रलार्इ र छैठाैं बलमा अनिल साहलार्इ अाउट गरेका हुन् ।

क्लासनले मल्ललाई वेस्ले बेरेसीका हातबाट क्याच आउट गराएका हुन् ।

यसैगरी अनिल साह ४ रनमा आउट भए । मल्ल आउट भएपछि सुवास खकुरेललाई साथ दिन आएका साह ३ बल खेल्दै आउट भएका हुन । 

यतिखेर क्रिजमा  कप्तान पारस खड्का र अारिफ शेख छन् । २२ अाेभरकाे समाप्तिमा नेपालकाे स्काेर ९५ रन छ भने पारस २१ र शेख २ रन बनाएर खेलिरहेका छन् । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया