यस्ताे रह्याे नेपालकाे २० ओभरको प्रदर्शन

 साउन १८, २०७५ शुक्रबार १६:३८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

नेदरल्याण्ड्सविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले मध्यम शुरुवात गरेको छ ।

अहिलेसम्म २० ओभरको खेल सकिँदा नेपालले ५ विकेटको नोक्सानीमा ८८ रन बनाएको छ ।

पहिलो ५० रन ११.५ ओभरमा पूरा गरेको नेपालले त्यसपछि पनि नियमितरुपमा विकेट गुमाएको छ । अहिले कप्तान पारस खड्का र आरिफ शेख क्रिजमा छन् ।

पारसले २७ बल खेल्दै ३ चौकाको मद्दतले १६ रन बनाएका छन् ।

२० ओभर सम्म नेदरल्याण्ड्सले ४ जना बलर प्रयोग गरेको छ । जसमध्य फ्रेड क्लासन अहिले सम्म सफल बलर बनेका छन् । उनले ७ ओभर बलिङ गर्दा १ मेडन सहित ३ विकेट लिएका छन् ।

यसैगरी मिचेल रिप्पोनले १५ रन खर्चिएर १ विकेट लिए ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया