पद्मा अर्याललाई नयाँ मन्त्रालयको जिम्मेवारी

 साउन १८, २०७५ शुक्रबार १६:४३:३१ | उज्यालो सहकर्मी

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि स्वास्थ्य राज्यमन्त्री रहनुभएकी पद्मा अर्याललाई नयाँ मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार अर्याल भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा नियुक्त हुनुभएको हो ।

कृषि तथा पशुपंक्षी विकास र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालय छुट्याइएको हो । यसअघि अर्याल स्वास्थ्य राज्यमन्त्री हुनुहुन्थ्यो । स्वास्थ्य मन्त्रीमा उपेन्द्र यादव नियुक्त भएपछि अर्याललाई नयाँ मन्त्रालय दिइएको हो । 

अर्याल स्याङ्जा २ मा कांग्रेसका गोपालमान श्रेष्ठलाई पराजित गर्दै प्रतिनिधि सभा निर्वाचनमा विजयी हुनुभएको हो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया