अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा अर्धशतक बनाउँदै पारस अाउट

 साउन १८, २०७५ शुक्रबार १७:३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

नेदरल्याण्डमा जारी दाेस्राे एकदिवसीय क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का अर्धसतक बनाउँदै आउट भएका छन् ।

नेदरल्याण्ड्सविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा भरोसा गरिएका ब्याट्सम्यान पारसले ६९ बल खेल्दै ५१ रन बनाएर आउट भए ।

आफ्नो पारिमा पारसले ६ चौका र २ छक्का प्रहार गरेका छन् । पारस आउट भएसँगै नेपालको ६ विकेट गुमेको छ ।

अन्तरराष्ट्रिय डेब्यु सिरिजमा अर्धशतक प्रहार गर्ने पारस नेपालका दोस्रा ब्याट्सम्यान हुन् ।

यसअघि पहिलो एकदिवसय क्रिकेटमा ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएका थिए ।

६५ बल खेलेका पारसले ६ चौका र २ छक्का प्रहार गरे । 

अहिले अरिफ शेखलाई साथ दिन सोमपाल कामी मैदानमा आएका छन् ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया