एकदिवसीय क्रिकेट: ८औं विकेटकाे रुपमा बसन्त रेग्मी बाहिरिए

 साउन १८, २०७५ शुक्रबार १७:३८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

दोस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले ८औैं विकेट गुमाएको छ ।

आठौं विकेटका रुपमा बसन्त रेग्मी पेभेलियन फर्किएका हुन् । उनले ९ बल खेलेर १ रन बनाएका थिए ।

त्यसअघि सातौं विकेटको रुपमा आरिफ शेख क्याच आउट भएका थिए । पिटर सीलरको बलमा शेख क्याच आउट भए ।

उनले १६ रन जोड्दा ४६ बल खर्चिएका थिए । अहिले सोमपाल कामी र सन्दीप लामिछाने मैदानमा छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया