भण्डारीले लिए दाेस्राे विकेट, अाक्रामक कूपर १९ रन बनाउँदै बाहिरिए

 साउन १८, २०७५ शुक्रबार १९:४३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

नेदरल्याण्ड्सविरुद्धकाे दाेस्राे एक दिवसीय खेलमा नेपालले दोस्रो विकेट लिन सफल भएको छ ।

नेदरल्याण्ड्सका बेन कूपरलाई लतिल भण्डारीले आउट गरेका हुन् ।

बाउन्स भएको बललाई रोहित पौडेलले क्याच आउट गरेपछि कूपर १९ रनमा पेभेलियन फर्किए ।

उनले १८ बलमा ४ चौका प्रहार गरेका थिए । यसअघि पहिलो ओभरमै सोमपाल कामीले स्टेफन माइबर्ग खाता नै नखोली आउट गरेका थिए । २ बल फेस गरेका उनलाई सोमपाल कामीले बोल्ड गरेका हुन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया