अवैध सामान भन्सारलाई बुझाइयो

 जेठ १४, २०७५ सोमबार २०:३३:० | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी, जेठ १४ – सप्तरीमा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट पातोले अवैध सामान पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको छ ।

आउट पोस्ट कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाका अनुसार भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरिएको भारतीय मोटरसाइकलसहितको विभिन्न किराना सामान तथा नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको रक्सीसहितको टायर गाढा इलाका प्रहरी कार्यालय समेतको सहयोगमा पक्राउ गरी राजविराज भन्सार कार्यालयमा बुझाइएको हो । 

भारतको बिहारमा रक्सी प्रतिबन्ध भएपछि नेपालबाट लुकाएर लैजाने तथा भारतबाट अवैध सामान ल्याउने कार्य रोक्नको लागि तीव्र रुपमा कारबाही प्रक्रिया अगाडि बढाइएको निरीक्षक थापाले बताए ।

भन्सार बुझाइएको सामानको मूल्य १ लाख १७ हजार २ सय कायम भएको छ । अहिले सम्म झण्डै २४ लाख रुपैयाँ बराबरको अवैध मालसामान तथा २ जना व्यक्तिलाई समेत पक्राउ गरेर भन्सार कार्यालयमा बुझाइएको समेत उनले बताए ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया