सन्दिपले देखाए कमाल, एकै अाेभरमा लिए २ विकेट

 साउन १८, २०७५ शुक्रबार २१:६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले २९औं ओभरमा दुई विकेट लिन सफल भएको छ । 

२९औं ओभरमा नेपालले नेदरल्याण्डका डेनियल टेर ब्राकलाई आउट गरेका सन्दिप लामिछानेले छैटौं बलमा लिडीलाई आउट गर्न सफल भए ।

ब्राक र वारेसीको ८४ रनको साझेदारी तोडेका थिए । ब्राकले व्यक्तिगत ३९ रन बनाएका थए । त्यसलगत्तै क्रिजमा आएका बास डि लिडीलाई पनि सन्दिपले विकेटकिपर सुवास खकुरेलबाट क्याचआउट गराए । सन्दिपले अाठ अाेभर बलिङ गर्दै दुई विकेट लिएर २५ रन खर्चिएका छन् ।

२१७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डले अहिले ३१ अाेभरकाे समाप्तिमा १२४ रन बनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया