घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल सकियो

 साउन १९, २०७५ शनिबार ६:४१:३७ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – प्रदेश एकको सामाजिक विकास मन्त्रालयले पहिलोपटक संसदमा टेबल गरेको घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको छ । 

छलफलमा बोल्दै सांसद मोहम्मद ताहिर मियाँले मुस्लिम समुदायमा व्याप्त रहेको तलाक प्रथाका कारण पनि मुस्लिम महिलाहरु हिंसामा पर्ने गरेको बताउनुभयो । मुस्लिम समुदायमा प्रचलनमा रहेको तलाक प्रथालाई कानुनले मान्यता नदिएको भए पनि सामाजिक रुपमा यसले जरा गाडेको बताउँदै उहाँले यस विषय प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

छलफलमा सांसदहरुले राखेका विषयको जवाफ दिँदै सामाजिक विकास मन्त्री जिवन घिमिरेले उक्त ऐन लागू भए पनि घरेलु हिंसा न्यूकीरणमा सफलता मिल्ने विश्वास व्यक्त गरे ।

विधेयकमा पीडितका लागि प्रत्येक स्थानीय तहमा संरक्षण अधिकृतको व्यवस्था गर्ने, पीडितको पुनःस्थापना केन्द्र स्थापना गर्ने, पीडकको सम्पत्ति पीडितलाई उपलब्ध गराउने व्यवस्था गर्ने लगायतका विषय उल्लेख छ । विधेयकको सैद्धान्तिक छलफलमा १७ जना सांसदहरुले भाग लिएका थिए । 

सांसदहरुले विधेयकको नाम परिवर्तन गर्नुपर्ने र विषयगत समितिमा लगेर अझै गहन छलफल गरिनुपर्ने माग गरेका छन्  ।

अन्तिम अपडेट: चैत २४, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया