घुमाउनेमा पहिरो गयो : नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

 साउन १९, २०७५ शनिबार ८:४९:१९ | उज्यालो सहकर्मी

चितवन – नारायणघाट–मुग्लिन सडकखण्ड पहिरोका कारण बन्द भएको छ । 

नारायणघाटबाट झण्डै २२ किलोमिटर मुग्लिनतर्फ पर्ने घुमाउनेमा बिहान साढे ६ बजे पहिरो खसेपछि सडक बन्द भएको प्रहरीले जनाएको छ । 

पहिरोका कारण दुइतर्फी नै गाडीको लाम छ । अहिले डोजर लगाएर पहिरो पन्छाउने काम भइरहेको चितवन प्रहरीले जनाएको छ । पहिरो पन्छाउन कम्तीमा दुई तीन घण्टा लाग्ने अनुमान छ । शुक्रबार पनि यहि ठाउँमा पहिरो खस्दा झण्डै ५ घण्टा यात्रु बीच बाटोमै रोकिएका थिए ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया