सरकारले भन्यो : आत्तिनु पर्दैन, सबै डिपोमा मल पठाइसकेका छौँ

 साउन १९, २०७५ शनिबार ८:५९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले सबै क्षेत्रीय डिपोमा मल पठाइसकेको दाबी गरेको छ । 

विभिन्न जिल्लाका किसानले मल अभाव भएको गुनासो गरिरहँदा सरकारले सबै क्षेत्रीय डिपोमा मल पठाइसकेको भन्दै कतै पनि अभाव नहुने दाबी गरेको हो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मणिरत्न अर्यालले क्षेत्रीय डिपोहरुमा मल पठाइसकेकाले रसायनिक मलको अभाव नहुने दाबी गर्नुभयो । 

यस्तै टेन्डर समेत आह्वान गरेको उहाँको भनाइ छ । हरेक वर्ष आठ लाख टन मल कृषि मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत माग गरेपनि कर्पोरेशनले त्यसको आधाभन्दा कम मात्रै मल उपलब्ध गराउने गरेका कारण कहिलेकाहिँ अभाव हुने गरेको उहाँले बकताउनुभयो । ताप्लेजुङ, पाँचथर, सुनसरी, सप्तरीलगायतका जिल्लामा रासायनिक मलको अभाव भएको किसानहरुले गुनासो गरेका हुन् । 

भर्खरै धान रोपेर सकिएको ठाउँमा रासायनिक मल छर्न नपाउँदा धानको बिरुवा पहेँलो हुन थालेको उनीहरुको भनाई छ । अहिलेसम्म देशभरी ९० प्रतिशत रोपाइँ भैसकेको मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया